अर्थ / बाणिज्य

यो वर्ष साढे २८ हजारले लिए करिब ४१ अर्ब सहुलियत ऋण, के–के चाहिन्छ कागजात ?

इकागज |
फागुन ४, २०७७ मंगलबार १७:५१ बजे

काठमाडौँः चालु आर्थिक वर्षमा सहुलियत कर्जा सुविधा अन्तर्गत ४० अर्ब ८० करोड रुपैयाँ कर्जा परिचालन भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २८ हजार चार सय ३१ जनाले सहुलियत ब्याजदरमा पाइने यो कर्जा सुविधा उपभोग गरेका छन् । 

सरकारले सहुलियत कर्जा ५ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने नीति अनुसार त्यसभन्दा माथिको बैंकको ब्याजदर सरकारी कोषबाट व्यहोर्ने व्यवस्था गरेको छ ।उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन, स्वरोजगार र उद्यमशीलता बढाउन सरकारले यस्तो कार्यक्रम ल्याएको हो । सहुलियत कर्जा कार्यक्रम अन्तर्गत १० प्रकारका कर्जा उपलब्ध हुँदै आएको भएपनि व्यावसायिक कृषि र पशुपंक्षी पालन तथा महिला उद्यमशीलतामा बढी कर्जा उपभोग  भएको छ । 


दश प्रकारका कर्जामध्ये युवा स्वरोजगार कर्जा बाहेक सबैथरी स्कीममा कर्जा प्रवाह भएको छ । 

सरकारले सहुलियतपूर्ण कर्जाको सुरक्षण र व्यवसाय बीमाको प्रिमियमको ५० प्रतिशतसम्म अनुदान समेत दिने व्यवस्था गरेको छ । ब्याज, कर्जा सुरक्षण र बीमा प्रिमियम अनुदानका लागि सरकारले चालु आर्थिक वर्षमा १३ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । 

चालु आर्थिक वर्षको पहिलो ६ महिना अर्थात् साउनदेखि पुससम्म कृषि तथा पशुपंक्षीपालनमा २२ अर्ब ४७ करोड रुपैयाँ र महिला उद्यमशीलतातर्फ १७ अर्ब ४२ करोड रुपैयाँ कर्जा परिचालन भएको छ । महिला उद्यमशीलता कर्जातर्फ यो वर्ष १८ हजार ६ सय १६ जना थपिएका छन् भने व्यावसायिक कृषि तथा पशुपंक्षीपालन कर्जा ९ हजार ५४ जनाले लिएका छन् । 

नेपाल राष्ट्र बैंकका अनुसार अहिलेसम्म कुल ६० हजार आठ सय ७९ जना ऋणीले १०० अर्ब ३६ करोड रुपैयाँ कर्जा लिएका छन् । कुल ऋणमध्ये ४०.६५ प्रतिशत ऋण यसै आर्थिक वर्षको पहिलो ६ महिनामा बढेको हो । 

हेर्नुहोस् सहुलियत कर्जा लिन के–के कागजात चाहिन्छ ?


Author

थप समाचार
x