अर्थ / बाणिज्य

एक सातामै फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

इकागज |
फागुन ४, २०७७ मंगलबार २०:२९ बजे

काठमाडौँ : आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमको मंगलबार बसेको बैठकले राति १२:०० बजे देखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेल तथा हवाई ईन्धन आन्तरिकतर्फको साबिकको खुद्रा बिकि मूल्यमा प्रति लिटर दुई रुपैयाँले बढाएको हो । 

यसअघि निगमले पेट्रेलियम पदार्थको मूल्य माघ २८ गते पनि बढाएको थियो । 


मूल्य बढेपछि काठमाण्डौंमा निगमको डिपो क्षेत्रको १५ कि.मि. परिसर भित्र पेट्रोल, डिजेल/मट्टितेल तथा हवाई ईन्धनको आन्तरिकतर्फको नयाँ खुद्रा विक्रि मूल्य क्रमशः ११४, ९७, ६७ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले विज्ञप्ति प्रकाशित गरेर जानकारी दिएका छन् ।

विज्ञप्तिमा मूल्य समायोजन पश्‍चात् पनि निगमलाई पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ ८२ पैसा डिजेलमा प्रति लिटर ४ रुपैया १३ पैसा तथा एल.पि.ग्यासमा प्रति सिलिण्डर २९५ रुपैयाँ ८३ पैसा घाटा रहेको उल्लेख छ । 


Author

थप समाचार
x