अर्थ / बाणिज्य

०.३८ प्रतिशतले बढ्दा पनि नेप्सेमा नयाँ रेकर्ड

नेप्से कीर्तिमानी उचाइमा पुग्दा ७ समूहका परिसुचक कमजोर, बैंकिङ र ट्रेडिङ समूहको वर्चस्व

इकागज |
फागुन ५, २०७७ बुधबार १५:३२ बजे

काठमाडौं : ० दशमलव ३८ प्रतिशतले बढ्दा पनि सेयर मापक सुचक नेप्सेले नयाँ रेकर्ड तोडेको छ । मंगलबार नै नेप्सेले २६०० अंक पार गर्दै रेकर्ड तोडेको थियो । जसकारण झिनो अंकले बढ्दा पनि नेप्सेमा नयाँ रेकर्ड कायम भएको हो ।

नेप्से बिन्दूले नयाँ उचाइ बनाइरहँदा सात समूहका परिसुचक भने कमजोर छन् । नेप्सेलाई उचाल्न बुधबार बैंकिङ र ट्रेडिङ समूहले पहल गरेको थियो ।


बैंकिङ समूहको परिसुचक १.५८ प्रतिशतले बढेको छ भने ट्रेडिङ समूह २.०२ प्रतिशतले बढेको छ । ९.९४  अंकले बढेर नेप्से २६११.४५ बिन्दूमा पुगेको हो ।

माइक्रोफाइनान्स, म्यानुफ्याक्चरिङ, निर्जीवन बीमा, जीवन बीमा, होटल, हाइड्रोपावर र फाइनान्स समूहका परिसुचक कमजोर छन् । सबैभन्दा बढी म्यानुफ्याक्चरिङ समूहको परिसुचकमा कमी आएको छ । यो १.४८ प्रतिशतले घटेको छ ।

माइक्रोफाइनान्स समूहको परिसुचक १ प्रतिशतले घटेको छ । निर्जीवन बीमा समूहको परिसुचक १.०२ प्रतिशतले घटेको छ ।

नेपाल इन्‍फ्रास्टक्चर बैंक (निफ्रा)को सेयर ९.९६ प्रतिशतले बढेको थियो । ४५ रुपैयाँले बढेको निफ्राको सेयर मुल्य प्रति कित्ता ४९७ रुपैयाँ पुगेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मुल्य ६५ रुपैयाँले बढेर ७ सय २२ रुपैयाँ पुगेको छ ।
 

कारोबार ८ अर्बमा सीमित

१० अर्बभन्दा माथि कारोबार भइरहेको सेयर मुल्य कारोबार बुधबार भने ८ अर्ब रुपैयाँमा सीमित भएको छ । ७६ हजार ६ सय ३० पटकको कारोबारमा १ करोड ७६ लाख ८८ हजार २ सय ७१ कित्ता सेयर किनबेच भएको छ ।

कुल कारोबारमा सबैभन्दा बढी हिस्सा निफ्राको छ । निफ्राको झन्डै ७० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नबिल बैंकको ४१ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसपछि ग्लोबल आइएमइ बैंकको ३६ करोड रुपैयाँ बराबर सेयर किनबेच भएको तथ्यांकले देखाएको छ ।

नेपाल बैंकको ३५ करोड ७३ लाख रुपैयाँ बरारबरको सेयर कारोबार भएको छ भने । नेको इनस्योरेन्सको २६ करोड ३५ लाख रुपैयाँ सेयर किनबेच भएको छ ।


Author

थप समाचार
x