अर्थ / बाणिज्य

एनएमबीको सीइओमा केसीलाई निरन्‍तरता

इकागज |
फागुन ६, २०७७ बिहीबार ११:५५ बजे

काठमाडौं : एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सुनिल केसीलाई पुन:नियुक्त गरिएको छ । फागुनमसान्‍तमा केसीको चार वर्षे कार्यकाल सकिँदै थियो ।

बुधबार बसेको बैंकको सञ्‍चालक समितिले उनलाई निरन्‍तरता दिने निर्णय गरेको हो । चैत १ गतेदेखि उनको दोस्रो कार्यकाल सुरु हुने बैंकले जानकारी दिएको छ ।



Author

थप समाचार
x