अर्थ / बाणिज्य

सुविसु क्लीयर टीभीको ‘सेटअप बक्स’मा समस्या, यसरी गर्नुहोस् समाधान

इकागज |
फागुन ६, २०७७ बिहीबार १८:५२ बजे

काठमाडौँः सुबिसु केबल नेट प्रा.लि.ले वितरण गरेको क्लीयर टीभीको सेटअप बक्समा समस्या आएपछि हजारौं ग्राहक प्रभावित भएका छन् । 

क्लीयर टीभीले सिस्टम स्तरोन्नति गर्ने क्रममा असफल भएपछि चालु रहेका सेटअप बक्समा समस्या आएको हो । टीभी बन्द गरे पनि सेटअप बक्स ‘अन’ (चालु) नै भएको अवस्थामा भने प्रायः सबै उपभोक्ताले पछिल्लो तीन दिनदेखि यो समस्या भोगिरहेका छन् । 


 

सुविसुले कतिपय ग्राहकले जानकारीमूलक भिडियो (भिडियो इन्स्ट्रक्सन)  अनुसरण गरी घरमै पनि समाधान गर्न र घरमा समाधान नभए सुविसुका ग्राहक सेवा केन्द्रबाट सेवा लिन आग्रह गर्दै आएको छ । ‘एकैपटक धेरै उपभोक्तामाझ वितरण भएको सेटअप बक्समा समस्या आएकाले घरमै सेवा दिन सम्भव नभएको’ सुविसु केवल नेट प्रा.लि.ले उल्लेख गरेको छ । 

सुविसु केबल नेटको बालुवाटारस्थित ग्राहक सेवा केन्द्रमा चौबीसै घण्टा काम भइरहेको कम्पनीले जनाएको छ । 

सुविसुका अनुसार काठमाडौंमा क्लीयर टीभीका डेढ लाख उपभोक्ता छन् । सेटअप बक्स अनुसार अहिलेको समस्या समाधान गर्ने फरक–फरक तरिका सहितको जानकारीमूलक भिडियो सुविसुले ग्राहकको सेवाका लागि सार्वजनिक गरेको छ  । 


Author

थप समाचार
x