अर्थ / बाणिज्य

सिन्धु विकास बैंकका लगानीकर्तालाई खाली हात

इकागज |
फागुन ७, २०७७ शुक्रबार १३:४२ बजे

काठमाडौं : सिन्धु विकास बैंकका सेयरधनीहरूले यसपाली लाभांश नपाउने भएका छन् । बैंकले लाभांश वितरण नगर्ने जानकारी दिएको छ ।

बिहीबार बसेको बैंकको सञ्‍चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण स्वीकृत गरेको छ । समितिले राष्ट्र बैंकलाई थप स्वीकृतिका लागि पठाउने निर्णय गरेको थियो ।


गत आर्थिक वर्षमा बैंकले चुक्ता पुँजीको ११.५१ प्रतिशत बोनस सेयर र ०.५७५ प्रतिशत नगद लाभांस वितरण गरेको थियो ।


Author

थप समाचार
x