अर्थ / बाणिज्य

घोषणाको २५ वर्षपछि प्रधानमन्त्री ओलीद्वारा दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास

नवराज पनेरु |
फागुन १०, २०७७ सोमबार १४:५० बजे

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीले दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन् । औद्योगिक क्षेत्र घोषणा भएको र पहिलो पटक बजेट विनियोजना भएको २५ वर्षपछि कञ्चनपुरको बेदकोट नगरपालिका पुगेर प्रधानमन्त्री ओलीले दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन् ।

२०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले औद्योगिक क्षेत्र स्थापना गर्न पहिलो पटक दुई लाख बजेट विनियोजन गरेको थियो । घोषणाको २५ वर्षपछि औद्योगिक क्षेत्रको शिलान्यास भएपछि स्थानीय उत्साहित भएका छन् । 
नौ अर्बको लागतमा पाँच वर्षभित्र निर्माण सम्पन्न हुनेगरी औद्योगिक क्षेत्रको निर्माण हुने बताइएको छ । औद्योगिक क्षेत्र स्थापनाका लागि यसै वर्ष वातावरणीय प्रभाव मुल्याङ्कन स्वीकृत भएको थियो । औद्योगिक क्षेत्र स्थापना भए २२ हजार जनाले प्रत्यक्ष र एक लाखले अप्रत्यक्ष रोजागरी पाउने दादी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ ।


लिमिटेडका अनुसार नौँ सय बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने लक्ष्य राखिएकोमा पहिलो चरणमा चार सय बिघा क्षेत्रफलमा स्थापना गरिनेछ । सो क्षेत्रफलमा एक सय बढी उद्योग खोल्न सकिनेछ । 
 


Author

थप समाचार
x