अर्थ / बाणिज्य

अब टेम्पो चढ्दा नगद बोक्नुपर्दैन, क्यूआरकोडबाटै भाडा तिर्ने सुविधा

इकागज |
फागुन १७, २०७७ सोमबार १६:१० बजे

काठमाडौं : सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा धेरैको समस्या नहुने– खुद्रा पैसा नहुने । खुद्रामा भाडा उठाएर थोरै आम्दानीमा जिविकोपार्जन गर्ने टेम्पो चालकसँग एक हजार, पाँच सय रुपैयाँ साट्नै समस्या हुनेगरेको छ । तर, अब यात्रु र टेम्पो चालकलाई यस्तो समस्या झेल्नुनपर्ने भएको छ ।

मेगा बैंकले टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यू आर कोडबाटै रकम भुक्तानीको व्यवस्था मिलाएको छ । 


काठमाडौं उपत्यकासहित देशका बिभिन्न ठाउँमा संचालित टेम्पोमा मेगा बैंकले क्यूआरकोडबाटै रकम भुक्तानी गर्ने व्यवस्था मिलाएको हो । डिजिटल बैंकिङ र नगदरहित कारोबारलाई प्रबद्र्दन गर्ने उद्देश्यले टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यूआर कोडमार्फत रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको मेगा बैंकले जनाएको छ । काठमाडौं उपत्यकाका टेम्पो चालकहरुमार्फत शुभारम्भ गरिएको यो सेवा देशभर विस्तार गरिने बैंकले जनाएको छ । 

यसैगरी, टेम्पो चलाएर गुजारा चलाउँदै आएका महिलाहरुलाई आर्थिक उपार्जनमा थप टेवा मिलोस् भन्ने उद्देश्यले बैंकले यसअघि नै सहुलियत कर्जा सुविधाको व्यवस्था गर्दै आएको छ । 


Author

थप समाचार
x