अर्थ / बाणिज्य

‘मेक इन नेपाल–स्वदेशी’ अभियानलाई उच्च प्राथमिकता

इकागज |
फागुन १७, २०७७ सोमबार १८:४५ बजे

काठमाडौँः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेपाललाई आत्मनिर्भर बनाउने अभियानको नेतृत्व 'मेक इन नेपाल–स्वदेशी'ले गर्नुपर्ने बताएका छन् । मन्त्री भट्टले नयाँ औद्योगिक क्षेत्रहरुमा उद्योग स्थापनामा परिसंघको साथ आवश्यक रहेको भन्दै  सरकारले यस्तो अभियानलाई कुनै किसिमको सुविधा उपलब्ध गराउनु पर्ने भएमा तयार रहेको प्रतिवद्धता व्यक्ति गरे । 

नेपाल उद्योग परिसंघले देशलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ 'मेक इन नेपाल–स्वदेशी' अभियानलाई प्राथमिकताका साथ अगाडी बढाई रहेको छ । यसै सम्बन्धमा सोमबार परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्व परिसंघको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसँग भेटेर यसबारे छलफल गरेको छ । 


छलफलमा परिसंघका अध्यक्ष मोरले यो अभियानले स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन र नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्यसहित सीएनआईले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सुरु गरेको बताए । यस अभियानमा सरकारको साथ र सहयोग हुनुपर्ने धारणा राख्दै मोरले मुलुकको औद्योगिक विस्तार, रोजगारीको सृजना एवं उत्पादन वृद्धिबाट मात्र राष्ट्रिय अर्थतन्त्र माथि उठाउन सकिने उल्लेख गरे । परिसंघले यस अभियानमा सर्वपक्षीय स्वामित्व बोधले स्वदेशी उद्योगहरुको स्थापना र उद्योगहरुलाई आत्मनिर्भर बनाउन माहौल सिर्जना हुने धारणा राखेको छ ।

परिसंघका उपाध्यक्ष अनुज अग्रवाले परिसंघले तयार पारेको अवधारणाको संक्षिप्त प्रस्तुति गर्दै परिसंघले मुख्यगरी ४ वटा आर्थिक खम्बलाई बढी प्राथमिकतामा राखेको बताए । यस अभियानले हरेक वर्ष एक हजार उद्योग संचालनमा ल्याई वार्षिक एक लाख पचास हजार औद्योगिक रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको परिसंघले उल्लेख गरेको छ । ‘परिसंघको लक्ष्य अनुसार पाँच वर्षमा वार्षिक निर्यात ४.३ अर्ब डलर पुर्‍याउने र कुल गार्हस्थ उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पुग्नेछ,’ अग्रवाललाई उद्धृत गर्दै परिसंघले भनेको छ । 


 


Author

थप समाचार
x