अर्थ / बाणिज्य

होटल र व्यापार समूह बाहेक अधिकांश कम्पनीको परिसूचक कमजोर

इकागज |
फागुन १९, २०७७ बुधबार १५:३६ बजे

काठमाडौं : कोभिड-१९ ले आर्थिक गतिविधी खुम्चिएपछि सट्टे बजारमा झुम्मिएको आकर्षण केही दिनयता घट्न सुरु गरेको छ । साताको सुरुवातबाट ठुलो अंकमा सेयर बजारमा गिरावट आइरहेको छ । बुधबार समेत नेप्से परिसूचकमा गिरावटले निरन्‍तरता पाएको हो ।  

आइतबार चार महिनायताकै ठुलो गिरावट सामना गरिसकेको नेप्से बुधबार ३९ दशमलव २३ अंकले खस्किएको छ । १ दशमलव ६ प्रतिशतले घटेर नेप्से २४१६ बिन्दुमा पुगेको छ ।चन्द्रागिरी हिल्स र साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्यमा उच्‍च दरमा वृद्धि भएको छ । साल्ट ट्रेडिङ समूहमा आएको वृद्धिले ट्रेडिङ समूहमै उछाल ल्याएको छ ।


७ वटा समूहका परिसूचकमा करिब १ प्रतिशतले गरावट आएको छ । जीवन बीमा समूहको परिसूचक २ दशमलव ६९ प्रतिशतले खस्किएको छ । इन्‍भेस्टमेन्ट समूह २ दशमलव ३६ प्रतिशतले घटेको छ ।नेप्सेसँगै कारोबार रकममा समेत कमी आएको छ ।

बुधबार ६ अर्ब २५ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । ६३ हजार ६ सय ७४ पटकको कारोबारमा १ करोड १३ लाख ९२ हजार १ सय ३५ कित्ता सेयर किनबेच भएको छ ।सबैभन्दा बढी नेपाल टेलिकमको सेयर किनबेच भएको छ । २९ करोड ९७ लाख रुपैयाँ बराबर किनबेच भएको नेपाल टेलिकमको सेयर मुल्य प्रति कित्ता एक हजार १ सय ९९ रुपैयाँ पुगेको छ ।एशियन लाइफ इन्‍स्योरेन्सको सेयर कारोबार २८ करोड रुपैयाँ पुगेको छ ।  


Author

थप समाचार
x