अर्थ / बाणिज्य

९० अंकले बढ्यो नेप्से, निफ्राको ५३ करोडको कारोबार

इकागज |
फागुन २०, २०७७ बिहीबार १५:३५ बजे

काठमाडौंः नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार ९०.६७ अंक अर्थात् ३.७५ प्रतिशतले बढेको छ । सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक बिहीबार २,५०६.६८ बिन्दूमा पुगेको छ । 

नेप्सेका सूचीकृत ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य बिहीबार उल्लेख्य बढेपछि बजार उकालो लागेर पुनः २,५०० बिन्दूको थ्रेसहोल्ड पार गरेको हो । बैंकहरूमा अधिक तरलताको स्थितिले सस्तो ब्याजको ऋण उपभोग गरिरहेका लगानीकर्ता तरलता कम भएसँगै चैतपछि ब्याज बढ्ने र सम्भावित मार्जिन कलको दबाबमा सेयर बेचेर बाहिरिएको विश्लेषण गरिएको थियो । 


बजार २,४०० बिन्दूको आसपासमा आएपछि भने बिहीबार सेयर बजारमा पुनः खरिदको चाप परेको छ । ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इण्डेक्स ३.३६ प्रतिशत अर्थात् १४.६७ ले बढेको छ ।

बिहीबार पनि अन्य समूहमा सूचीकृत नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को ११ हजार सात सय ९५ ओटा कारोबारबाट ५३ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

आज नेप्सेका सबै समूहका परिसूचक उकालो लागेपछि सेयर बजारमा हरियाली छाएको छ । अन्य समूह, इन्भेष्टमेन्ट र म्यानुफ्याक्चरिङ एण्ड प्रडक्सन सेक्टरको परिसूचक क्रमशः ५.४४, ५.२६ र ५.०६ प्रतिशतले बढेको छ । जलविद्युत् समूहको परिसूचक ४.७८ प्रतिशतले बढेको छ । 

बिहीबार पनि अन्य समूहमा सूचीकृत नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को ११ हजार सात सय ९५ ओटा कारोबारबाट ५३ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

सूर्योदय लघुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी लिमिटेड र चन्द्रागिरी हिल्सको सेयर मूल्यमा आज सर्किट ब्रेकर लागेको छ । 

बिहीबार नेप्सेमा २०६ कम्पनीको ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँ मूल्यका ६५ हजार एक सय ७४ कारोबारबाट १ करोड ६६ लाख २२ हजार सात सय ६३ कित्ता सेयर किनबेच भएको छ । 

 

मिति

 

 नेप्से इण्डेक्स

 

कारोबार रकम

फागुन १६ , आइतबार 

 २,४७४‍.३९

८ अर्ब ३५ करोड रुपैयाँ 

फागुन १७, सोमबार

२,५१५.०३

 ५ अर्ब ६९ करोड रुपैयाँ 

फागुन १८, मंगलबार

२,४५५.३३

६ अर्ब ११ करोड रुपैयाँ 

फागुन १९, बुधबार

२,४१६ 

६ अर्ब २५ करोड रुपैयाँ 

फागुन २०, बिहीबार

२५०६.६८

६ अर्ब ५ करोड रुपैयाँ

 

 


Author

थप समाचार
x