अर्थ / बाणिज्य

सर्वाेत्तम सिमेन्टको उत्पादन क्षमता बढ्यो, दैनिक ६० हजार बोरा

इकागज |
फागुन २०, २०७७ बिहीबार १८:४ बजे

काठमाडौं :  सर्वोत्तम सिमेन्टले उद्योेगको उत्पादन क्षमता ४० हजार बोरा प्रति दिनबाट बढाएर ६० हजार बोरा पुर्‍याएको छ । पाल्पा तथा चितवनको चुनढुङ्गा मिश्रणबाट गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको छ । सिमेन्ट उत्पादन अझै बृहत भएपछि सिमेन्ट उपभोक्ताहरु माझ गुणस्तरीय तथा अत्याधुनिक प्रविधिबाट उत्पादित सिमेन्टको पहुँच अझै सरल तथा सुलभ बन्‍ने कम्पनीको विश्‍वास छ ।

आफ्नो स्थापनाको केही समयमा नै उत्कृष्ट उत्पादन तथा गुणस्तर पस्कँदै धेरैभन्दा धेरै सिमेन्ट उपभोक्ताको विश्वास जित्न सफल सर्वाेत्तम सिमेन्ट देशका महत्वपूर्ण आधारस्तम्भहरु अनि ठूला-ठूला परियोजनाहरु तथा गौरवशाली आयोजनाहरु लगायत विशाल पूल, बाँध, हाइड्रोपावर, धावनमार्ग देखि हाउजिङ्ग कम्पनीहरुमा समेत पहिलो रोजाइमा पर्दै उपयोग हुँदै आएको कम्पनीको दाबी छ । 

कम्पनीले अब सफलताको अर्काे फड्को पार गर्दै अब आफ्नो उत्पादन क्षमता पनि बढाएको हो जससँगै कम्पनी र उपभोक्तबीचको सम्बन्ध अभैm बलियोे हुँदै जाने विश्‍वास कम्पनीले लिएको छ । 

कम्पनीका ब्राण्ड म्यानेजर गोपाल सारदाका अनुसार सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग हो । आइ.एस.ओ. ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण-मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ग्रिन सर्वाेत्तम ओ.पि.सि र सौरभ ग्रिन पि.पि.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्रीवितरण गरिरहेको छ ।



Author

थप समाचार
x