अर्थ / बाणिज्य

बोनस घोषणा लगत्तै नेपाल हाइड्रोको सेयर भाउमा उछाल

इकागज |
फागुन २३, २०७७ आइतबार १२:४० बजे

काठमाडौं : नेपाल हाइड्रोडेभलपर लिमिटेडको सेयर मूल्यमा उछाल आएको छ । बोनस सेयर घोषणा गरेलगत्तै नेपाल हाइड्रोडेभलपरको सेयर भाउ ९ दशमलव ८३ प्रतिशतले बढेको हो ।

नेपाल हाइड्रो डेभलपर लिमिटेडले आफ्‍ना सेयरधनीहरूलाई १५ प्रतिशत बोनस सेयर बाँड्ने घोषणा गरेको थियो । । गत बिहीबार बसेको कम्पनी सञ्‍चालक समितिले आर्थिक वर्ष २०७६/०७७ सम्मको साञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी २६ अर्बको ११ प्रतिशतले हुन आउने बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । त्यसबाहेक २०७५ पुस ०९ मा बसेको बैठकबाट आर्थिक वर्ष २०७४/०७५ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय भएको थियो ।


विशेष कारणवश साधारण सभा हुन नसकेको र सोको लागि सेयर दाखिला खारेजी बन्द समेत नभएकाले उक्त ४ प्रतिशत समेत समावेश रहने गरी माथि उल्लेखित आर्थिक वर्षे २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट उपरोक्त १५ प्रातशत बोनस सेयर प्रस्ताव गरेको कम्पनीले जानकारी दिएको छ ।

कारोबारको सुरुवातमै २९ रुपैयाँले बढेर कम्पनीको सेयर मूल्य ३ सय २४ रुपैयाँ पुगेको छ । यो कम्पनीको सेयर खरिद चाप उच्च छ । बिक्रीमा शून्य हुँदा खरिद चाप उच्च देखिएको छ । एक लाख ६१ हजार ९ सय ३ कित्ता सेयर खरिदका लागि माग भइरहेको छ ।


Author

थप समाचार
x