अर्थ / बाणिज्य

१० मेगावाटभन्‍दा साना जलविद्युत आयोजनालाई तीन प्रतिशत ब्याजमा पुनर्कर्जा

इकागज |
फागुन २३, २०७७ आइतबार १४:२५ बजे

काठमाडौं : नेपाल राष्ट्र बैंकले १० मेगावाट भन्दा साना जलविद्युत आयोजनाहरूमा विशेष पुनर्कर्जा दिने भएको छ । पुनर्कर्जा कार्यविधि संशोधन गर्दै केन्द्रिय बैंकले यस्तो व्यवस्था गरेको हो ।

यो व्यवस्थाअनुसार पुनर्कर्जा दिने संस्थाहरूले ग्राहकसँग ३ प्रतिशत ब्याजमा पुनर्कर्जा दिनेछन् । यस किसिमको पुनर्कर्जाका लागि राष्ट्र बैंकले १ प्रतिशत ब्याजदर उठाउने व्यवस्था छ ।


तर विशेष पुनर्कर्जामा यसअघि कुनै कर्जा विशेषलाई छुट्टै पुनर्कर्जा दर तोकिएको छ भने उहीँ दर कायम हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

यो सुविधा लिनका लागि राष्ट्र बैंकसमक्ष पुनर्कर्जा आवश्यकतासम्बन्धमा बैंक तथा वित्तीय क्षेत्रहरूको सिफारिसपत्र ल्याउनुपुर्ने संशोधित कार्यविधिमा उल्लेख छ

गभर्नरले पुनर्कर्जाको सीमा हेरफेर गर्नसक्ने

पुनर्कर्जाको सीमा हेरफेर गर्न मिल्ने गरी कार्यविधिले गभर्नरलाई अधिकार दिएको छ ।

अहिलेसम्म एकमुष्ट प्रदान हुने प्रति ग्राहक पुनर्कर्जाको अधिकतम सीमा पाँच करोड रुपैयाँ छ । यसरी एकमुष्ट प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको ७० प्रतिशतभन्दा बढी नहुने उल्लेख छ ।  

बैंकले ग्राहक अनुसार मूल्यांकन गरी उपलब्ध गराउने पुनर्कर्जाको प्रति ग्राहक अधिकतम सीमा २० करोड रुपैयाँसम्म छ । यसरी ग्राहक अनुसार प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी छैन ।

लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदान गरिने पुनरकर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको १० प्रतिशतभन्दा बढी नहुने प्रावधान छ ।


Author

थप समाचार
x