अर्थ / बाणिज्य

२१ अंकले घट्यो सेयर बजार

इकागज |
फागुन २३, २०७७ आइतबार १६:२० बजे

काठमाडौं : साताको सुरुको दिन सेयर बजार २१ दशमलव ५८ अंकले घटेको छ । ० दशमलव ८६ प्रतिशतले घटेर नेप्से २४८५ दशमलव ०९ बिन्दुमा पुगेको हो ।

लगानीकर्ताले नाफा बुक गर्न लागेसँगै नेप्से घटेको हो । होटल तथा पर्यटन समूह र जलविद्युत समूहबाहेक सबै समूहका परिसूचक घटेका छन् । होटल समूहमा २ दशमलव २४ प्रतिशतले वृद्धि भएको छ । जलविद्युत समूहमा ० दशमलव ९२ प्रतिशतले बढेको थियो ।


सबैभन्दा ठुलो गिरावट ट्रेडिङ समूहमा देखिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन र नेशनल हाइड्रोपावर कम्पनीको शेयर मूल्य ५ प्रतिशतका दरले घटेको छ ।

नेशनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ५ दशमलव ५२ प्रतिशतले घटेर सेयर मूल्य प्रतिकित्ता १५४ रुपैयाँमा झरेको छ भने साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य ५ प्रतिशतले घटेर प्रतिकित्ता १० हजार ४५० रुपैयाँमा पुगेको छ ।

ती दुबै कम्पनीको सेयरमा खरीदकर्ताभन्दा बिक्रेता धेरै भएकाले सेयर मूल्य घटेको हो । ती दुवै कम्पनीको सेयर मूल्य केहि दिन अगाडि ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि भएको थियो ।  

चन्द्रागिरी हिल्स, नेपाल हाइड्रो डेभलपर, रैराङ हाइड्रोपावरको सेयर मूल्यमा उच्च दरमा वृद्धि भएको छ । पाँच अर्ब रुपैयाँ कारोबार रकम पुगेको छ । ५३ हजार ९ सय ७० पटकको कारोबारमा १ करोड १७ लाख ७८ हजार ८ सय २० कित्ता सेयर किनबेच भएको छ ।

सबैभन्दा बढी निफ्राको कारोबार भएको छ । यसको ४२ करोड ७८ लाख रुपैयाँ बराबर कारोबार भएको छ । त्यसपछि नेपाल बैंक र अप्पर तामाकोशीको सेयर किनबेच भएको छ । यो सँगै सेयर बजारको पुँजीकरण ३४ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ ।


Author

थप समाचार
x