Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

अर्थ / बाणिज्य

१७ प्रतिशत बोनस सेयर बाँड्दै उन्‍नति सहकार्य

इकागज |
फागुन २५, २०७७ मंगलबार १३:५१ बजे

काठमाडौं : उन्‍नति सहकार्य लघुवित्त वित्तीय संस्थाले आफ्‍ना सेयरधनीहरूलाई १७ दशमलव ५१ प्रतिशत बोनस सेयर बाँड्ने प्रस्‍ताव गरेको छ । यो लघुवित्तको सञ्‍चालक समितिले आर्थिक वर्ष २०७६/७७ को मुनाफबाट चुक्ता पूँजीको १७.५१ प्रतिशत बोनस सेयर बाँड्ने निर्णय गरेको हो ।

यस लघुवित्तको चुक्ता पूँजी रकम १४ करोड ९५ लाख ३६ हजार ६ सय ५० रुपैयाँ छ । जसअनुसार दुई करोड ६६ लाख ३३ हजार ५६ रुपैयाँ लाभांशबापत बोनश सेयर वितरण गर्नेछ । नेपाल राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गर्ने निर्णय गरेको हो ।



Author

थप समाचार
x