Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

अर्थ / बाणिज्य

नेप्सेमा सामान्य गिरावट

इकागज |
फागुन २६, २०७७ बुधबार १६:८ बजे

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३.४ अंक अर्थात् ०.१४ प्रतिशतले घटेर २,४५८.४८ अंकमा आएको छ । बुधबार ‘क’ वर्गका कम्पनीहरूको सेयर भने सीमान्त ०.०२ अंकले बढेको छ । 

सेयर बजारमा आज बैंकिङ्ग, विकास बैंक, निर्जीवन बीमा कम्पनी, जीवन बीमा कम्पनी, लघुवित्त, म्युचुअल फण्ड समूहको परिसूचक ओरालो लाग्यो भने व्यापार समूहको परिसूचक उल्लेख्य ८.१५ प्रतिशतले बढेको छ । त्यस्तै, होटल तथा टुरिजम समूह पनि २.२ प्रतिशतले बढेको छ । नेपाल टेलिकमको समेत सेयर सूचीकृत भएको अन्य समूहको परिसूचक १.९६ प्रतिशतले बढेको छ भने म्यानुफ्याक्चरिङ र प्रडक्सन समूहको परिसूचक १.८३ प्रतिशतले बढेको छ ।


नेपाल टेलिकमको लाभांशको हल्लाले आज सबैभन्दा ठूलो कारोबार नेपाल टेलिकमकै भएको छ । नेपाल टेलिकमको ४ लाख ३२ हजार सात सय ४० कित्ता सेयर ५ करोड ५७ लाख ८३ हजार आठ सय ८७ रुपैयाँमा किनबेच भएको छ । 

आज धेरै कमाउनेमा चन्द्रागिरी हिल्स, घलेम्दी हाइड्रो, नेपाल हाइड्रो डेभलपर्स लि., एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड, साल्ट ट्रेडिङ र लिबर्टी इनर्जी कम्पनी रहेका छन् । यिनीहरूको सेयर मूल्य ८ प्रतिशतभन्दा माथि उक्लिएको छ । 

सबैभन्दा बढी कारोबार भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को ६ हजार पाँच सय १४ ओटा कारोबार भएको छ । 

बुधबार सेयर बजारमा २०५ कम्पनीको ४ अर्ब १० करोड रुपैयाँ मूल्यका ७८ लाख १६ हजार आठ सय ७४ कित्ता सेयर ४६ हजार नौ सय ४८ कारोबारमार्फत किनबेच भएको छ । 

नेपाल स्टक एक्स्चेन्जमा कुल बजार पुँजीकरण ३३ खर्ब ८७ अर्ब रुपैयाँ रहेको छ । 
 


Author

थप समाचार
x