अर्थ / बाणिज्य

नारायणगढमा समृद्धि फाइनान्सको नयाँ शाखा

इकागज |
चैत १, २०७७ आइतबार १८:२४ बजे

काठमाडौं : समृद्धि फाइनान्स कम्पनी लिमिटेडले नारायणगढको मिलनरोडमा नयाँ शाखा कार्यालय खालेको छ । फाइनान्सका अध्यक्ष विनोद कुमार सुवेदीले शाखाको उद्घाटन गरेका छन् । 

सञ्‍चालक दिपक अधिकारी र चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कडेंलबाट सम्पन्न गरेका हुन् । संस्थाले फाल्गुन १२ गते पोखराको चिप्लेढुङ्गा चौथो शाखाको उद्घाटन गरेको थियो ।

नयाँ शाखाहरु सहित देशभरि  संस्थाको शाखा सञ्जाल पाँचवटा पुगेको छ । संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्‍चालनमा ल्याउने योजना रहेको जनाएको छ । संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालनमा रहेको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।



Author

थप समाचार
x