अर्थ / बाणिज्य

गाउँपालिकाको आफ्नै 'पेट्रोलपम्प'

इकागज |
चैत १, २०७७ आइतबार २०:३६ बजे

हेटौंडा : मकवानपुरको बागमती गाउँपालिकाले आफ्नै पेट्रोलपम्प संचालनमा ल्याएको छ । गत डेढ वर्षदेखि गाउँपालिकाले आफ्नै प्रयोजनको पेट्रोलपम्प संचालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष सर्केश घलान‍ले जानकारी दिए ।  

२६ हजार लिटरको ट्याङ्की राखेर पम्पबाट आवश्यक पेट्रोलियम पदार्थ वितरण हुँदै आएको घलानको भनाइ छ । गाउँपालिकाले ९ लाख रुपैयाँको लागतमा पेट्रोलपम्प संचालनमा ल्याएको हो । गाउँपालिकाको सवारीमा सोही पम्पबाट पेट्रोलियम पदार्थ डिजल हाल्न गाउँपालिकाकै कर्मचारीहरु खटिने गरेका छन् । 



Author

थप समाचार
x