अर्थ / बाणिज्य

नेप्से ३ दिनको कारोबारमा ११४ अंकको गिरावट

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:१ बजे

काठमाडौँ – पछिल्लो एक सातामा नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ । ३ दिन कारोबार भएको बजारमा ११४ अंकले गिरावट आएको हो । मंगलबार शिवरात्री र बिहीबार ग्याल्पो ल्होसार परेको हुँदा सेयर बजार बन्द रहँदा जम्मा तीन दिन कारोबार भएको थियो ।

तीन दिनको कारोबारमा नेप्से परिसूचक ११४.०४ अंकले गिरावट आएको हो । गत हप्ताको बुधबार देखि नेप्सेमा निरन्तर रुपमा गिरावट आएका छ ।


नेप्से परिसूचकमा गत साताको अन्तिम कारोबारको दिन बिहीवार २६६१.४४ विन्दुमा रोकिएको थियो । यो साताको अन्तिम बुधबार कारोबारसम्मको कारोबारमा ६३ अंक भन्दा वढीले गिरावट आएर २५४७.०५ विन्दुमा खुम्चिएको छ । प्रतिशतका हिसाबले हेर्दा पछिल्लो तीन दिनको कारोबारमा नेप्से परिसूचक ४.३ प्रतिशत गिरावट आएको छ । साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचके ७.७३ अंक घटेको थियो ।

आइतबार

साताको पहिलो कारोबारको दिन नेप्सेमा सामान्य गिरावट देखिएको थियो । आइतबार नेप्से ७.७३ अंकले घटेर नेप्से २६५३.७० विन्दुमा आइपुगेको थियो । सेन्सेटिभ इन्डेकस ०.७३ अंकले घटेर ५०६.८४ विन्दुमा पुगेको छ ।

आइतबार २ सय २४ कम्पनीको सेयर ४९ हजार ६ सय ७० पटक भएको कारोबारमा ७० लाख ४० हजार ५ सय ६३ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब २७ करोड ३० लाख रुपैयाँको बराबरको कारोबार भएको थियो ।

सोमबार

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ४३ अंक घटेर बन्द भएको थियो । सेयर मूल्य मापक नेप्से परिसूचक ४३.१० अंकले घटेर २६१०.६० बिन्दुमा ओर्लएको थियो।

सोमबार नेप्से परिसूचक घटेतापनि कारोबार रकम ३८ करोड ७१ लाख रुपैयाँले बढेको थियो । सोमबार ३ अर्ब ६६ करोड रुपैयाँमा रूपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

सोमबार सबैभन्दा बढी अपि पावर कम्पनीको कारोबार भएको छ । सो कम्पनीको एकैदिन १६ करोड ९ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

बुधबार

साताको अन्तिम कारोबारको दिन बुधवार नेप्से परिसूचक ६३ भन्दा बढी अंकले घटेर २ हजार ५४६.६० विन्दुमा झरेको थियो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.५२ अंक, फ्लोट इण्डेक्स ४.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.६१ अंकले गिरावट आएको थियो । बुधबार कारोबारमा आएका २२८ कम्पनीको ७६ लाख ५२ हजार कित्ता सेयर ३ अर्ब ६२ करोड ११ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।

कारोबार

यस साता कारोबार रकम १० अर्ब रूपैयाँमा खुम्चिएको छ । ३ दिनको कारोबारमा बुधबारसम्म आइपुग्दा तेब्बर अंकले गिरावट आएको सेयर बजारमा लगानीकर्ताले १ खर्ब ६२ अर्ब २ करोड अधिक पुँजी गुमाएका छन्।

गत साताको अन्तिम कारोबारसम्म ३७ खर्ब ६९ अर्ब ६३ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण बुधबारको कारोबारपछि ३६ खर्ब ७ अर्ब ६० करोड रुपैयाँमा सीमित भएको छ ।

यस्तो रह्‍यो साताभरको सेयर बजारको सूचकांक

 मिति  नेप्से परिसूचक  अंक फरक + वा – मा  कारोबार रकम
फागुन १५  आइतबार २६५३.७० -७.७३ ३ अर्ब २७ करोड रुपैयाँ
फागुन १६ सोमबार २६१०.६० -४३.१० ३ अर्ब ६६ करोड रुपैयाँ
फागुन १८ बुधबार २५४७.०५ -६३.९८ ३ अर्ब ६२ करोड रुपैयाँ

 

 


Author

थप समाचार
x