अर्थ / बाणिज्य

डेढ महिनापछि राष्ट्रिय बीमा कम्पनीको सेयर कारोबार खुल्यो

इकागज |
चैत २, २०७७ सोमबार १३:१५ बजे

काठमाडौं : करिब डेढ महिनादेखि रोक्‍का रहेको राष्ट्रिय बीमा कम्पनीको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)ले कम्पनीको सेयर फुकुवा गरेको हो ।

कम्पनीले वित्तीय विवरण नपठाएको भन्दै माघ १८ मा नेप्सेले बीमा कम्पनीको सेयर कारोबार रोक्‍का राखेको थियो । त्यसपछि माघ २५ मा 'वित्तीय किन नपठाएको' भन्दै स्पष्टीकरण मागेको थियो । आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण सम्पन्‍न गर्न दुई महिना लाग्ने भएकाले ढिला भएको जवाफ कम्पनीले दियो ।


नेप्सेले कम्पनीबाट अबका दिनमा माग भएका समयमा वित्तीय विवरण पठाउने शर्तमा कारोबार फुकुवा गरेको जानकारी दिएको छ ।


Author

थप समाचार
x