अर्थ / बाणिज्य

१८ अंकले घट्यो सेयर बजार

इकागज |
चैत २, २०७७ सोमबार १५:१९ बजे

काठमाडौं : सोमबार सेयर बजार नेप्से परिसुचक १८ दशमलव ०७ अंकले घटेको छ । ० दशमलव ७५ प्रतिशतले घटेर नेप्से २३८९ दशमलव १९ बिन्दुमा पुगेको हो ।

पाँच समूहबाहेक सबै समूहका परिसुचक कमजोर छन् । ट्रेडिङ, होटल, जलविद्युत्, म्यानुफ्याक्चरिङ, म्युचुअल फन्ड र इन्भेष्टमेन्टबाहेक सबै समूहका परिसुचक घटेका हुन् । बैंकिङ समूह १ दशमलव ०१ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूहमा १ दशमलव ६ प्रतिशतको गिरावट आएको छ । अन्य समूहका परिसूचक २ प्रतिशतले घटेको छ ।

कारोबारमा आएका मध्ये चार कम्पनीको सेयर मुल्य आकासिएको छ । चन्द्रागिरी हिल्स, घलेम्दी हाइड्रो, पञ्‍चकन्यामाई हाइड्रो र आंखु खोला जलविद्युत् कम्पनीका सेयर मूल्य ९ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ ।  

सबैभन्दा बढी कारोबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को भएको छ । ४३ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सोमबार कुल कारोबार चार अर्ब २४ करोड रुपैयाँ छ । ५२ हजार ३ सय ९ पटकको कारोबारमा ९६ लाख कित्ता बराबर सेयर किनबेच भएको छ ।



Author

थप समाचार
x