अर्थ / बाणिज्य

राष्ट्र बैंकले वित्तीय विवरण सच्याउन लगाएपछि सारथीको लाभांश संशोधन

इकागज |
चैत ३, २०७७ मंगलबार १३:० बजे

काठमाडौं : नेपाल राष्ट्र बैंकले वित्तीय विवरण सच्याउन लगाएपछि सारथी लघुवित्त वित्तीय संस्थाले आफ्‍नो लाभांश संशोधन गरेको छ । संशोधित प्रस्ताव अनुसार अब यो लघुवित्तले ८ दशमलव १२ प्रतिशत बोनस सेयर बाँड्ने भएको छ । 

फागुन १२ मा सारथी लघुवित्त वित्तीय संस्‍थाले आफ्‍ना सेयरधनीलाई ९ दशमलव ११ प्रतिशत बोनस सेयर बाँड्ने घोषणा गरेको थियो ।


नयाँ नेपाल लघुवित्तसँगको मर्जरपछि कायम हुने चुक्तापुँजीको ९.११ प्रतिशत बोनस बाँड्ने उल्लेख थियो । राष्ट्र बैंकले फागुन १७ मा मर्जर अघिको नयाँ नेपाल लघुवित्तलाई वित्तीय विवरण सच्याउन निर्देशन दिएपछि लघुवित्तले सच्याएको हो ।


Author

थप समाचार
x