अर्थ / बाणिज्य

फेरि २४०० अंकमाथि उक्लियो सेयर बजार

६ कम्पनीको सेयर मूल्यमा उच्‍च वृद्धि, घलेम्दी हाइड्रो ८ प्रतिशतले घट्यो

इकागज |
चैत ४, २०७७ बुधबार १६:२ बजे

काठमाडौं : केही समय लगातार ओरालो लागेर २४०० बिन्दुभन्दा तल पुगेको सेयर बजार नेप्से परिसूचक बुधबार ४० दशमलव ४ अंकले बढेको छ । १ दशमलव ६९ प्रतिशतले बढेको नेप्से २४३२ दशमलव १४ बिन्दुमा पुगेको हो ।

सोमबार नेप्से घटेर २३८९.१९ बिन्दुसम्मको न्यूनतम अंकमा पुगेको थियो । कारोबारमा आएका सबै समूहको परिसुचक बढेको छ । सबैभन्दा बढी होटल तथा टुरिजम् समूहको परिसुचक बढेको छ । यो समूहको परिसुचक ४ दशमलव २६ प्रतिशतले बढेको छ ।


माइक्रोफाइनान्स र जीवन बीमा समूहमा २ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ ।

चन्द्रागिरी हिल्सको सेयर मूल्य ९ दशमलव ९२ प्रतिशतले बढेको छ । जोशी हाइड्रोपावर, ग्रीन हाइड्रोपावर लिमिटेड, युनाइटेड इदी मार्दी, पञ्‍चकन्या माइ हाइड्रो र खानीखोला हाइड्रोपावरको सेयर मूल्यमा उच्चदरमा वृद्धि भएको छ ।

जलविद्युत समूहमा उछाल आउँदा घलेम्दी हाइड्रोपावरको सेयर मूल्य ८ दशमलव ९५ प्रतिशतले घटेको छ ।

नेप्से बढे पनि कारोबार रकममा भने कमी आएको छ । बुधबार ३ अर्ब ३७ करोड रुपैयाँ बराबर मात्रै कारोबार भएको छ । ४४ हजार ६ सय ९७ पटकको कारोबारमा ८६ लाख २६ हजार ६६७ कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी निफ्राको सेयर किनबेच भएको छ । २० करोड रुपैयाँ बराबर कारोबार भएको निफ्राको सेयर मूल्य प्रति कित्ता ५३० रुपैयाँ पुगेको छ ।


Author

थप समाचार
x