Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

अर्थ / बाणिज्य

शेयर कारोबार बन्द भएको बारे छानबिन गर्न अर्थमन्त्रीको निर्देशन

इकागज |
चैत ६, २०७८ आइतबार ११:७ बजे

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले गत फागुन ३० गते सेयर कारोबार बन्द भएकोबारे छानबिन गर्न निर्देशन दिएका छन् । उनले अर्थ मन्त्रालयमा शुक्रबार आयोजित मन्त्रालय मातहतका निकायको दोस्रो त्रैमासिक समीक्षा कार्यक्रममा त्यसबारे तत्काल छानबिन गर्न नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अधिकारीहरूलाई निर्देशन दिएका हुन् ।

उक्त समीक्षा कार्यक्रममा शर्माले यस्ता समस्या बारम्बार दोहोरिन नदिन समेत निर्देशन दिएका थिए । 

फागुन ३० गते नेप्से बन्द भएको कुरा गम्भीर रहेको उल्लेख गर्दै शर्माले भने, ‘त्यो सामान्य विषय होइन, त्यसैले अहिलेको नेतृत्वले यो समस्या समाधान गरोस् ।’


गत सोमबार ब्रोकरको ब्रोकर डाटा सेन्टरमा समस्या देखिएपछि टीएमएस नचल्दा सेयर कारोबार स्थगित गरिएको थियो । उक्त दिन करिब पौने दुई घन्टा मात्रै सेयर बजार खुलेको थियो । 


Author

थप समाचार
x