सेञ्चुरी बैंकद्वारा निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न
काठमाडौं – सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पेप्सीकोला शाखाले २०७८ चैत ७ गते एक दिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ । सो शिविरमा १०८ जना स्थानीय बासिन्दाहरूले सेवा प्राप्त गरेका छन् ।
उक्त कार्यक्रममा समाज डेण्टल हस्पिटल पेप्सीकोलाको प्राविधिक सहयोग रहेको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २६ शाखा रहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया