निशान म्याग्नाइटले पूरा गर्यो ५० हजार युनिट उत्पादनको माइलस्टोन
काठमाडौं – निसान इन्डियाले आज ५० हजार वटा निसान म्याग्नाइट चेन्नाई मारहेको रिनोल्ट निसान अटोमोटिभ इन्डिया प्रा.लि.को कारखानाबाट उत्पादन गरेको छ ।
अर्थात उक्त कम्पनीले ५० हजारौं नम्बरको म्याग्नाइट तयार गरेको हो ।
म्यागनाइट ग्राहकको आकांक्षा अनुसारको पहिलो अन्तराष्ट्रिय उत्पादन हो, जुन निसानको अर्को उत्पादनको पूर्व संकेत मानिन्छ ।
निसान मोटर इन्डियाका प्रेसिडेन्ट सिनान ओजकोक भन्छन्, अन्तराष्ट्रिय बजारमा ‘दि मेक अफ इण्डिया मेक फर दि वल्ड’ अनुसार एस्.यू.भी.खास मोडेलको उत्पादन हो । यसले निसानको अन्तराष्ट्रिय बजारमा पुरानोलाई विस्थापन गरी नयाँ उत्पादन उपलब्ध गराउने राजनिति अनुसार बजारमा आउने जनाएको छ ।
बिगबोल्ड , ब्युटीफुल (ठुलो, बलियो, राम्रो) एस्.यू.भी.ले भारतका साथै अन्तराष्ट्रिय बजारमा महत्वपूर्ण भूमिका खेल्ने मानिन्छ ।
‘हामी हाम्रा ग्राहकहरू, विजिनेस पार्टनरहरु र कर्मचारीहरुलाई भारत र अन्तराष्ट्रिय बजारमा निसान म्याग्नाइटले उल्लेखनीय सफल बनाउन सहयोग गरेकोमा हार्दिक धन्यबाद दिन्छौं’ उक्त विज्ञप्तीमा उल्लेख गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया