अर्थ / बाणिज्य

चीनले आर्थिक संकटबाट गुज्रिरहेकाे श्रीलंकालाई २.५ अर्ब अमेरिकी डलर उपलब्ध गराउला ?

इकागज |
चैत १३, २०७८ आइतबार १७:९ बजे

काठमाडौँ- श्रीलंका अहिले गहिरो आर्थिक संकटबाट गुज्रिरहेको छ । संकटपनि यतिसम्म पुगेको छ कि त्यहाँ विद्यार्थीको परीक्षा लिनको लागि प्रश्नपत्र र उत्तर पुस्तिका छाप्न कागज किन्नेसम्म पैसा नभएर परीक्षा अनिश्चित कालको लागि रद्ध भएको समाचार 'दि गार्डियन' लेखेको छ । अत्यावश्यक आयातका लागि विदेशी मुद्रा सञ्चितिको अभावले आर्थिक सङ्कट पर्दा मुलुकमा खाद्यान्न, इन्धन र औषधिको अभाव भएको देखेको छ । सवारी साधनको लागि इन्धन भर्न बसेको लामो लाइनमा बस्दा फरक फरक स्थानमा दुई व्यक्तिहरूको निधन भएको थियो ।

गत सेप्टेम्बरमा आर्थिक संकट घोषणा भएको श्रीलंकाली जनताको स्थिती निकै दर्दनाक अवस्थाबाट गुज्रिरहेको छ । भर्खरै भारतले १ अर्ब डलरको ऋण (लाइन अफ क्रेडिट) उपलब्ध गराएको छ। त्यस्तै चीनले पनि २.५ अर्ब डलरको सहयोग उपलब्ध गराउनेबारे विचार गरिरहेको रोयटर्सले आफ्नो समाचारमा उल्लेख गरेको छ । चीनले केही दिन अघिमात्रै २ हजार टन चामाल सहयोग गरेको थियो। 


अवस्था दयनीय हुँदा आम नागरिकको आवेग त बढेकै छ उता पैसा तिरेर किन्छु भन्दा पनि सहजै पाइएको छैन् । खाना पकाउन ग्यास छैन्  चिनी, आलु,प्याज चामल लगायतका खाद्य वस्तु पनि छानेर निश्चित मात्रमा लिन पाइन्छ। हरेक सामानको लागि घण्टौं लाइन बस्नपर्ने अवस्था छ। हाल पेट्रोल पम्पमा सरकारले सुरक्षाकर्मी समेत परिचालन गरेको छ । देशको आर्थिक स्थिती खराब भएपछि सरकार विरूद्ध प्रदर्शन चर्किएको छ।

श्रीलंकाका संकट सुरुवात

श्रीलंकाको आर्थिक स्थिती पूर्ण रूपमा पर्यटनमा तथा निर्यातमा आधारित रहेको छ । २०१९ डिसेम्बरमा चीनबाट सुरु भएको कोभिड-१९ ले समग्र विश्वलाई असर गर्दा पूर्ण रूपमा पर्यटनमा आधारित रहेको श्रीलंका पनि अछुतो रहन सकेन। कोभिडले समग्र विश्व ठप्प हुँदा श्रीलंकाको लागि अभिसाप बन्न पुगेको थियो । कोभिडको असरले थला पर्दै गरेको श्रीलंकालाई हाल रूस-युक्रेन युद्धले पनि निकै असर गरेको छ।

आर्थिक संकटका कारण त्यहाँ मुद्रास्फीति आकाश छोएको छ । श्रीलंकाको यस्तो अवस्था आउनुको प्रमुख कारण भनेको विदेशी मुद्रा सञ्चिति हो । पूर्व राष्ट्रपति महिन्दा राजपाक्षेले विदेशी मुलुकसँगको प्रतिफल नदिने परियाेजनाहरूमा हात हाल्नु नै श्रीलंकालाई यो स्थितीमा पुर्‍याउने सबैभन्दा ठूलो हात रहेको देखिन्छ । चीनसँग ऋण लिएर बनाएको एक 'हाम बानतातु' पोर्ट ऋण तिर्न नसकेपछि ९९ वर्षको लागि चीनलाई दिएको थियो । यसरी ऋणमाथि ऋण थप्दै गएको श्रीलंका साँवा तथा ब्याजले झनझन थिचिँदै गएको छ । 

श्रीलंकासँग अहिले चाहिने सामान आयात गर्न पर्याप्त विदेशी मुद्रा पनि छैन । गत वर्ष मार्चमा श्रीलंका सरकारले विदेशी मुद्रा सञ्चिति बढाउन आयातमा प्रतिबन्ध लगाएको थियो । जसका कारण चिनी, इन्धन जस्ता अत्यावश्यक वस्तुको समेत अभाव भएको छ ।

एक रिपोर्टका अनुसार श्रीलंकाको विदेशी मुद्रा सञ्चिति जुलाई २०१९ मा ७.५ अर्ब डलर थियो, जुन नोभेम्बर २०२१ मा १.६ अर्ब डलरमा झरेको छ। श्रीलंकाले आफ्नो विदेशी मुद्रा सञ्चिति बढाउन मद्दत खोजिरहेको छ तर उसको यस्तो स्थिती देखेर ऋण दिने कोही अगाडी देखिएका छैनन्। उसले चीनसँग पनि सहयोग मागेका छ तर, चीनबाट अहिलेसम्म सहयोग पाएको छैन् ।

कति छ श्रीलंकाको ऋण

भारी ऋणको चपेटमा परेको श्रीलंकाले चीन, जापान लगायत देशको ऋण तर्नुपर्ने अवस्था छ । यो वर्ष श्रीलंकाले ७ अर्ब डलरको ऋण तिर्न बाँकी रहेको छ। जुन उसले यस वर्षभित्र तिर्नुपर्ने हुन्छ। 

हाल चीनमा मात्रै ५ अर्ब डलरभन्दा बढी ऋण तिर्न बाँकी रहेकोले मुलुकले सामना गरिरहेको ठूलो समस्या विदेशी ऋणको भारी हो । यसले बेइजिङलाई २०२१ मा लिएको थप १ अर्ब डलर ऋणले झन् थिचेको छ। श्रीलंकाले भारत र जापानलाई पनि ठूलो रकम तिर्न बाँकी रहेको छ। सन् २०१९ मा महिन्दा राजापाक्षे राष्ट्रपति हुँदा ७.५ बिलियन डलर थियो। जुन गत नोभेम्बरसम्मको रिपोर्टमा विदेशी मुद्रा सञ्चिति जम्मा १.५८ अर्ब डलरमा खुम्चिएको छ।

विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि जुलाई २०२१ मा करिब २.८ अर्ब डलरमा हुँदा नै श्रीलंकाले आयातमा प्रतिबन्ध लगाएको थियो । यसरी सामान आयातमा प्रतिबन्धले पनि श्रीलंकाको आर्थिक संकटलाई टार्न सकेन र स्थिती झन् झन् जर्जर हुँदै गएर हाल सम्मको स्थितीमा आइपुगेको छ ।

 

 


Author

थप समाचार
x