भाटभटेनी सुपरमार्केटलाई दुई लाख जरिवाना
काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौं र बाणिज्य बिभागको संयुक्त अनुगमन टोलीले कलंकीस्थित भाटभटेनी सुपरमार्केटलाई दुई लाख जरिवाना गरेको छ।
आइतबार गरिएको अनुगमनका क्रममा म्याद सकिएको मिरिन्डा र म्याद स्पष्ट नदेखिने सामान राखिएको पाइएपछि दुई लाख जरिवाना गरेको हो ।
उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार भाटभटेनीलाई उक्त रकम जरिवाना गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए । आगामी दिनमा म्याद गुज्रिएको सामान बिक्री गरिएको पाइने थप कारावाही गर्ने गरि सचेत गराइएको उनले बताए । त्यस्तै कालिमाटीमा रहेको समर किराना पसल र चम्पारण स्टोरमा अनुगमन गर्दा मूल्य सूची नराखिएको, केही सामानहरुको म्याद सकिएको र उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरिएको भन्दै ५०–५० हजार रुपैया जरिवाना गरिएको पौडेलले बताए ।
त्यस्तै टोलीले काठमाडौंको चाल्नाखेलस्थीत एभरेष्ट ग्यास उद्योगको अनुगमन गरेको थियो । सो क्रममा भारतबाट ग्यास आउने क्रममाा रहेको र दुईतीन दिनभित्र फिलिङ गरी बजारमा पठाइने जानकारी पाएको अनुगमन टोलीले जनाएको छ । पौडलेले आगामी दिनमा अनुगमनलाई निरन्तरता दिने जानकारी दिए।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया