अर्थ / बाणिज्य

कामना विकास बैंकद्वारा आजदेखि क्रेडिट कार्ड जारी

इकागज |
चैत २१, २०७८ सोमबार १०:३७ बजे

काठमाडौँ- राष्ट्र बैंकले विकास बैंकलाई क्रेडिट कार्ड प्रयोग गर्ने अनुमति दिएसँगै कामना विकास बैंकले क्रेडिट कार्ड प्रयोगमा ल्याएको छ । सोमबार बैंकले एक कार्यक्रम गरी क्रेडिटको सुरुवात गरेको हो । विकास बैंक मध्येमा पहिलो पटक कामनाले क्रेडिट कार्ड जारी गरेको हो ।

नेपाल राष्ट्र बैंकले ‘भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७८’ जारी गर्दै सो सुविधा दिएको थियो ।


यस अघिसम्म वाणिज्य बैंकहरूले मात्र क्रेडिट कार्ड र प्रिपेड कार्ड जारी गर्न पाउँथे । विकास बैंक र वित्त कम्पनीहरुले धेरै समय अघिदेखि नै आफूलाई पनि क्रेडिट कार्ड जारी गर्न दिनुपर्ने माग राख्दै आएका थिए ।

विकास बैंकमा सबैभन्दा पहिलोपटक कामना विकास बैंकले क्रेडिट जारी गरेको बैंकका अध्यक्ष सुदीप आचार्यले जानकारी दिए । 'राम्रो कामको मात्र पहिलो नबनी हरेक काम र सबैभन्दा अगाडिको बैंक बन्नु छ',  उनले भने ।

क्रेडिट कार्ड जारी गर्नुमा बैंकका सबै कर्मचारीको योगदान रहेको आचार्यको भनाइ छ ।

 

 


Author

थप समाचार
x