अर्थ / बाणिज्य

नेप्से २५०० भन्दा तल, कारोबार पनि घट्यो

इकागज |
चैत २१, २०७८ सोमबार १७:३ बजे

काठमाडौं – सोमबार नेप्से परिसुचक १४.८८ अंकले गिरावट आएको छ । साताको कारोबारको दोस्रो दिन  १४ ओटै उपसमूहको शेयरमा गिरावट आएकोमा कारोबार रकम पनि घटेको छ । 

आज १ अर्ब ५८ करोड रुपैयाँको ३४ लाख २९ हजार कित्ता शेयर खरीद बिक्री भएको छ । आज निर्जीवन बीमा समूह सर्वाधिक १.६५ प्रतिशतले ओरालो लागेको छ । 


व्यापार समूह १.३४ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.२९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.६२ प्रतिशत, विकास बैंक समूहमा ०.६ प्रतिशत, जलविद्युत समूहमा ०.८५ प्रतिशत, वित्त समूहमा ०.७१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२६ प्रतिशत, अन्य समूहमा १.०४ प्रतिशत, लघुवित्त समूहमा ०.४३ प्रतिशत, जीवन बीमा समूहमा ०.९१ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.११ प्रतिशत र लगानी समूहमा ०.६९ प्रतिशतको गिरावट आएको छ ।

यस दिन दुईवटा लघुवित्तको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ ।  पोजिटिभ सर्किट लाग्नेमा राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्त छन् । यस्तै इमर्जिङ नेपालको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ ।


Author

थप समाचार
x