अर्थ / बाणिज्य

यस्ता छन् रेमिटेन्स आम्दानी बढाउन श्रममन्त्री श्रेष्ठका दर्जन प्रस्ताव

इकागज |
चैत २४, २०७८ बिहीबार २१:१ बजे

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल आउने रेमिटेन्स रकम औपचारिक माध्यमबाट ल्याउन सरकारले चाल्नुपर्ने कदमहरूबारे विभिन्न प्रस्ताव गरेका छन् ।

अर्थ मन्त्रालयमा भएको सरोकारवाला निकायको बैठकमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगार वा रेमिटेन्सबाट अधिकतम लाभ लिन हुन्डीको सट्टा बैंकिङ च्यानल प्रयोग गरेर विदेशी मुद्रा ल्याउन आकर्षित गर्नुपर्ने बताए ।


नेपाल आउने रकम औपचारिक माध्यमबाट ल्याउन सके विदेशी मुद्रा सञ्चिति र बैँकहरूसँग लगानीयोग्य पुँजी अभावको समस्या हट्ने मन्त्री श्रेष्ठको भनाइ छ । मन्त्री श्रेष्ठले नेपाल आउने रेमिटेन्स रकम औपचारिक माध्यमबाट ल्याउन सरकारले चाल्नुपर्ने कदमहरूबारे राखेका प्रस्ताव यस्ता छन् ।


– वैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई राज्यले सम्मानजनक व्यवहार गर्नुपर्ने । 
 

– विदेशबाट पैसा पठाउँदा लाग्ने सेवा शुल्क हटाउनुपर्ने  
 

–विदेशका प्रमुख शहरमा नेपाली बैंक स्थापना गर्नुपर्ने  
 

– विदेशबाट सोझै नेपालको खातामा जम्मा हुने रकममा दुई प्रतिशतसम्म बढी ब्याजदर दिनुपर्ने 
 

– औपचारिक माध्यमबाट नेपालमा पैसा पठाइरहेको प्रमाण पेस गरेमा नेपाल आउँदा ल्याउन पाउने सामान टिभी, गरगहना आदिमा सहुलियत दिने  
 

– औपचारिक माध्यमबाट नेपालमा पैसा पठाइरहेको प्रमाण पेस गरेमा पुनः श्रम स्वीकृति लिँदा वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम दाखिला गर्नु नपर्ने 
 

– बार्षिक रुपमा सवैभन्दा धेरै विप्रेषण पठाउने मध्येलाई राष्ट्रिय सम्मान गर्ने 
 

–  औपचारिक माध्यमबाट नेपालमा रेमिटेन्स पठाउनेहरूलाई राज्यबाट सेवा शुल्क लिएर प्रदान गरिने सेवाहरुमा ५० प्रतिशत सहुलियत दिने  
 

– नेपाल फर्केर उद्यम गर्नेहरुलाई विदेशमा हुँदा पठाएको रकम बराबर रकम निश्चित समयका लागि विना ब्याज उपलब्ध गराउने 
 

– वैदेशिक रोजगारीमा जाने श्रमिकको बैंक खाता अनिवार्य गर्ने 
 

– सरकारले तोकबाहेक अन्य तरिकाबाट वैदेशिक रोजगारीमा जान पुर्ण रोक लगाउने  
 

– वैदेशिक रोजगारीमा जान विद्यमान प्रकृयालाई सहज र सरल बनाउने 


Author

थप समाचार
x