सरकारमा बस्नेले कालोधन्दा बढाए, मन्त्रीहरू नै खुलमखुला पैसा माग्छन्ः एमाले
काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारमा बस्नेहरूको कालोधन्दा बढेको बताएको छ । मुलुकमा डलर सञ्चिति घटिरहेको बेला केराउ, मरिच, छोकडा, सुपारीको आयात खुलाएर त्यसको तस्करीमार्फत् सत्तामा बस्नेले अवैध रूपमा कमाउन लागेको एमालेले आरोप लगाएको छ ।
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा खपत नै नहुने र माग नै नभएका परिमाणमा वस्तु आयात भएको र सरकारले त्यसलाई नियन्त्रण गर्न कुनै कदम नचालेको बताए । उनले अनौपचारिक (कालो) अर्थतन्त्रलाई बढावा दिने काम सरकारले गरिरहेका आरोप लगाए ।
अर्का पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्र मन्त्रीहरूको संरक्षणमा तस्करहरूको हातमा पुगेको उल्लेख गरे । मन्त्रीहरूले नै चुनाव आयो, खर्च चाहियो भनेर खुलमखुला व्यापारी, व्यवसायीसँग पैसा माग्ने गरेको उनको आरोप छ ।
सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरी पदमुक्त गर्ने प्रक्रिया अघि बढाएकोमा एमालेले आपत्ति प्रकट गरेको छ । एमालेबाट विगतमा अर्थमन्त्री र राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष भएकाहरूको अगुवाईमा पत्रकार सम्मेलन गरिएको हो ।
यो पनि पढ्नुहोस्:
एमालेले भन्यो, ‘गठबन्धन सरकारले अर्थतन्त्रलाई जोखिममा धकेल्यो’
एमालेले वर्तमान अर्थतन्त्रका सम्बन्धमा गरेको विस्तृत टिप्पणी यस्तो छ:
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया