बागमती प्रदेशको पूरा बजेट खर्चै हुँदैन
हेटौँडा : बागमती प्रदेश सरकारले एक आर्थिक वर्षको लागि छुट्टाएको बजेट पूरा खर्च गर्न सकेको देखिँदैन । देश संघीयतामा गएसँगै बागमती प्रदेशले हालसम्म चार पटक बजेट ल्याए पनि पुरा बजेट खर्च भने गर्न नसकेको तथ्यांकले देखाएको छ ।
प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७७/७८ को फागनु मसान्तसम्म २५.३५ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । चालू वर्षमा ५१ अर्ब ४२ करोड ७४ लाखको बजेट ल्याएपनि ८ महिनामा १३ अर्ब ३ करोड ५१ लाख रुपैयाँ मात्रै खर्च भएको हो । यद्यपि अबको ४ महिनामा असारे विकास बजेटमा खर्चको प्रकृती आश्चर्यजनक तरिकाले बढ्ने अनुमान देखिन्छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालय बागमती प्रदेशका लेखा अधिकृत राजेन्द्र पाण्डेका अनुसार बागमती प्रदेशले चालू आर्थिक वर्ष २०७४/७५ मा कुल बजेटको २६.४१ प्रतिशत बजेट खर्च गरेको थियो । १ अर्ब २ करोडको बजेट ल्याएको बागमती प्रदेश सरकारले २६ करोड ९४ लाख मात्रै खर्च गरेको थियो । यसैगरी आर्थिक वर्ष २०७५/७६ मा प्रदेश सरकारको खर्च केही बढेको देखिन्छ । ६० प्रतिशत बजेट आर्थिक वर्ष २०७५/७६ मा खर्च भएको लेखा अधिकृत पाण्डेले बताए ।
आर्थिक वर्ष २०७६/७७ को कुल बजेट ४७ अर्ब ३० करोड मध्ये २७ करोड ९५ लाख खर्च भएको थियो । कुल बजेटको ५९.०८ प्रतिशत प्रदेश सरकारले खर्च गरेको थियो । बागमती प्रदेश सरकारले बितेको तिन वर्षमा कुल ८२ अर्ब ३५ करोड ४५ लाखको बजेट ल्याएपनि पुरा बजेट भने खर्च गर्न सकेको छैन । आर्थिक वर्ष २०७४/७५ देखि आव ७६/७७ सम्म बागमती प्रदेश सरकारले कुल बजेटको ५९.३४ प्रतिशत मात्रै खर्च गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया