चेल्सी बिक्री हुनेमा आशंका उत्पन्न
काठमाडौँ – चेल्सीका मालिक रोमन अब्रामोभिच र ह्वाइटहलबीचको सम्झौताको शर्तहरुमा नयाँ गतिरोध देखिएपछि इंग्लीस फुटबल क्लब चेल्सी ४.२५ बिलियन पाउण्डमा बिक्री हुने कुरामा शंक उत्पन्न भएको छ ।
स्काई न्यूजका अनुसार सरकारी अधिकारीहरूले बिक्रीलाई अनुमोदन गर्न आवश्यक पर्ने विशेष इजाजतपत्र मे महिनाको अन्त्यमा समयसीमा अघि जारी गरिने वा नगरिने भन्ने विषयमा आशंका व्यक्त गरेका छन् ।
बेलायती मन्त्रीहरुले चेल्सी बिक्री प्रकृयाको २.५ बिलियन पाउण्ड कहाँ जान्छ भन्ने कुरामा अब्रामोभिचसँग आश्वासन खोजिरहेको बुझिएको छ ।
विभिन्न फुटबल निकायले तोकेको समयमा क्लबको बिक्री सम्झौता नभए चेल्सीले आगामी सिजनको प्रतियोगिताहरुमा सहभागिता जनाउन नपाउने तथा नविकरणमा समेत समस्या उत्पन्न हुनेछ ।
यसअघि टोड बोएहली तथा क्लियर लेक क्यापिटलले चेल्सलाई खरिद गर्ने सम्झौता भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया