प्रशिक्षक कोन्टे टोटेनहममै रहने
काठमाडौँ – एन्टोनियो कोन्टे आगामी सिजनका लागि समेत इंग्लीस प्रिमियर लिग टिम टोटेनहमको प्रशिक्षक रहने भएका छन् । टोटेनहम च्याम्पियन्स लिगका लागि छनोट भएपछि इटालियन नागरिक एन्टोनियो टोटेनहममै रहने विषयमा शंका उत्पन्न भएको थियो ।
तर क्लब मालिकले क्लबको सुधारका लागि कोन्टेको माग पुरा गर्न १ सय ५० मिलियन पाउण्ड खर्चिने भएपछि उक्त आशंकाको अन्त्य भएको छ । यसका साथै कोन्टेले इटलीमा फुटबल निर्देशक फावियो पारासिटीसँगको छलफलका क्रममा आफू क्लबको जिम्मेवारीका लागि प्रतिवद्ध रहेको बताए ।
५२ वर्षीय कोन्टेको टोटेनहमसँगको सम्झौता सन् २०२३ मा सकिदैछ तर उनले त्यसपछि सम्झौता नविकरण गर्ने वा नगर्ने भन्ने अझै टुंगो लागेको छैन् । कोन्टे गत वर्ष नोभेम्बरमा टोटेनहमको प्रशिक्षक नियुक्त भएका थिए र उनले क्लबलाई प्रिमियर लिगमा चौंथो स्थानमा पुर्याए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया