फुटबल

नक्कली टिकटधारीका कारण फाइनल ढिलो भएको युईएफएको आरोप

इकागज |
जेठ १५, २०७९ आइतबार १२:६ बजे

काठमाडौँ – युईएफएले नक्कली टिकट बोकेका हजारौ फुटबल समर्थकका कारण फ्रान्सको पेरिस स्थित स्टेट डी फ्रान्स स्टेडियममा च्याम्पियन्स लिगको फाइनल ढिलो भएको आरोप लगाएको छ ।

लिभरपुल र रियल म्याड्रिडबीचको फाइनल खेल करिब ४० मिनेट ढिलोगरी सुरु भएको स्काइस्पोर्टसले जनाएको छ । खेलअघि समर्थकहरु मैदानभित्र छिर्न नसकेपछि मैदानबाहिर तनाव सुरु भएको जसका कारण सुरक्षाकर्मीले टियर ग्यास प्रहार गरेका थिए ।


युईएफएको विज्ञप्ती आउनुअघि लिभरपुलले उक्त घटना समर्थकका लागि अस्वीकार्य रहेको भन्दै घटनाको औपचारिक छानविनका लागि आह्वान गरेको थियो । 

यता युईएफएले भने खेलमा नक्कली टिकट खरिद गरेका हजारौ समर्थकहरुले टर्नस्टाइलहरू अवरुद्ध पारिएको जनाउदै यसैका कारण उक्त टिकटहरु टर्नस्टाइलहरूमा अस्विकार भएको समेत युईएफएले जनाएको छ । 

जसका कारण सक्कली टिकट बोकेकाहरुलाई मैदानमा प्रवेश गराएर खेल सुरु गर्दा ३५ मिनेट ढिलो हुन पुगेको समेत युईएफएले उल्लेख गरेको छ । 
 


Author

थप समाचार
x