फुटबल

फरेस्ट २३ वर्षपछि प्रिमियर लिगमा बढुवा

इकागज |
जेठ १६, २०७९ सोमबार १०:४२ बजे

काठमाडौँ – २३ वर्षको लामो प्रतिक्षापछि पहिलो पटक नोटिङघम फरेस्ट इंग्लिस प्रिमियर लिगमा बढुवा (प्रोमोसन) भएको छ । च्याम्पियनशीपको प्लेअफ फाइनलमा हडर्सफिल्ड टाउनलाई १-० ले पराजित गर्दै दुई दशक भन्दा लामो समयको प्रतिक्षापछि फरेस्ट प्रिमियर लिगमा बढुवा भएको हो । 

च्याम्पियनशीपमा सुरुवाती ७ मध्ये ६ खेलमा पराजय भोगेको फरेस्टको जितमा हडर्सफिल्डका लेभी कोलविलले ४३ औं मिनेटमा गरेको आत्मघाती गोल नै पर्याप्त भयो । 


३० वर्षपछि पहिलो पटक वेम्वली स्टेडियममा खेलेको फरेस्टको प्रदर्शन उत्कृष्ट नभएपछि विपक्षी खेलाडीले गरेको आत्मघाती गोलले नै खेल उनीहरुको पक्षमा पार्न सफल भयो । 

फरेस्टले सुरुवाती ७ खेलबाट केवल १ अंक जोडेको थियो जुन १ सय ८ वर्षपछिकै खराब सुरुवात थियो तर जब सेप्टेम्बरमा प्रशिक्षक क्रिस हफ्टनलाई बर्खास्त गरेपछि टिम रेलिगेसनबाट जोगिन प्रयासरत रहने अनुमान गरिएको थियो । 

तर क्रिसका स्थानमा प्रशिक्षक नियुक्त भएका स्टिभ कुपरले फरेस्टको भाग्य नै परिवर्तन गरे । फरेस्ट फेब्रुअरी ९ मा शीर्ष ६ मा आए । अझ अर्को तर्फ एफए कपमा आर्सनल र लेस्टर सिटीलाई पराजित गर्न सफल भएको थियो ।
 


Author

थप समाचार
x