बायर्न म्युनिख जानेबारे मानेले लिभरपुलसँग कुरा गरेको छैनः क्लोप
काठमाडौँ – साडियो मानेले इंग्लिस प्रिमियर लिग क्लब लिभरपुल छाड्न लागेको बारेमा क्बलसँग कुरा नगरेको बताइएको छ । मानेले लिभरपुल छाडेर जर्मन बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिख जान लागेको चर्चा चलेपछि यसबारे मानेले लिभरपुलसँग कुरा नगरेको स्काइस्पोर्टसले जनाएको छ ।
सेनेगल राष्ट्रिय फुटबल टिमका फरवार्डलाई भित्र्याउन जर्मन क्लबले आफूसँग सम्पर्क गर्नुपर्ने तथा समझौताका लागि ३० मिलियन युरोबारे सोच्नुपर्ने लिभरपुलले अपेक्षा गरेको छ । लिभरपुलसँग मानेको अझै १२ महिनाको सम्झौता बाँकी रहेको छ ।
यता म्युनिखले भने मानेलाई २०२५ सम्मका लागि सम्झौता गर्न चाहेको छ । उसले सुरुवातमा ३० मिलियन युरो तथा बोनसका रुपमा ५ देखि १० मिलियन युरो तिर्न चाहेको स्काइस्पोर्टसले उल्लेख गरेको छ ।
गत बुधबार मानेले लामो समयको योजनाबारे विशेष निर्णय लिनेबारे संकेत गरेका थिए । तर लिभरपुलका मुख्य प्रशिक्षक जर्गन क्लोपले भने यसबारे मानेले कुरा नगरेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया