‘सी’ डिभिजन फुटबल लिगमा मिलेमतोको आरोप
काठमाडौँ – काठमाडौँमा जारी सहिद स्मारक ‘सी’ डिभिजन फुटबल लिगमा मिलेमतो भइरहेको आरोप लागेको छ । लिगमा सहभागी आरसी ३२ क्लबका प्रमुख तथा सुर्खेत जिल्ला फुटबल संघका अध्यक्ष समेत रहेका रबिन्द्र चन्द ठकुरीले लिगमा मिलेमतो भइरहेको आरोप लगाएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘सी’ डिभिजन फुटबल लिगमा मिलेमतो भइरहेको आरोप लगाए । ठकुरीले ‘सी’ डिभिजनका धेरै खेलहरुमा मिलेमतो भइरहेको जानकारी हुँदाहुँदै पनि अखिल नेपाल फुटबल संघ (एन्फाले) केही नगर्नु लाजमर्दो कुरा भएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘जारी एन्फा सी–डिभिजन ( C Div) लिगका धेरै खेलहरुमा मिलेमतो (fixing)भइरहेको जानकारी हुँदाहुँदै पनि यो निकम्मा एन्फाले केहि गर्न नसक्नु कति सम्म लाजमर्दो कुरा हो । तिमीहरुको पो केहि जादैन, हाम्रो त एक एक मेहेनत गरेर जोडेको पैसाको लगानी छ यस्मा !! खेलको भावनामा खेलवाड गर्ने अधिकार तिमीहरुलाई छैन । एउटा ( C Div) सी–डिभिजन लिग त व्यवस्थित तरिकाले चलाउन सक्दैनौ तिमीहरु अझ विश्वकप को १० वटा खेल नेपालमा गराउछौँ भन्न कुन मुखले सकेको होला !! #backoffkarma’
ठकुरीले एन्फा नेतृत्व कर्मा छिरिङ शेर्पाले केही गर्न नसकेको आरोप लगाउँदै 'ब्याकअफकर्मा ह्यासट्याग' प्रयोग गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया