'प्रिजन फुटबल, रिह्याबिलिटेसन थ्रु फुटबल' कार्यक्रम सञ्चालन हुने
काठमाडौँ - सेल्टर नेपालले एसियन फुटबल कन्फेडेरेसन (एएफसी) र अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्यमा केन्द्रीय कारागारभित्र रहेका कैदीबन्दीहरूका लागि 'प्रिजन फुटबल, रिह्याबिलिटेसन थ्रु फुटबल' कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
यस कार्यक्रमबाट जेलभित्र रहेका कैदीबन्दीहरूको मानसिक स्वास्थ्यमा सहयोग पुर्याउने तथा उनीहरूमा आत्मविश्वास जगाउने उद्देश्यले खेलाडी, प्रशिक्षक तथा रेफ्रीका लागि प्रशिक्षण कार्यक्रम सञ्चालनमा ल्याइने सेल्टर आश्रयकी अध्यक्ष खुश्बु ओलीले बताइन् ।
कैदीबन्दीले जेल सजाय भुक्तानपछि उनीहरूमा सामाजिक कार्य तथा देशप्रति योगदान गर्ने भावना जगाउने उद्देश्य पनि यस कार्यक्रमको रहेको ओलीले बताइन् ।
प्रशिक्षण कार्यक्रम आगामी जुन ५ देखि सुरु हुने तथा एक वर्षभित्र दुई चरणमा सञ्चालन बताइएको छ । यस कार्यक्रमबाट एक वर्षभित्र कुल ४८ खेलाडी तथा समान ३२ जना प्रशिक्षक र रेफ्री प्रशिक्षण गर्नेछन् ।
पहिलो चरण जुनदेखि नोभेम्बर ३० सम्म सञ्चालन हुने तथा यस चरणमा २४ खेलाडी तथा १६ प्रशिक्षक र रेफ्री उत्पादन गर्ने लक्ष्य लिइएको छ ।
प्रशिक्षकलाई डि लाईसेन्स, रेफ्रीलाई क्याटोगरी ४ एन्फा रेफ्री प्रमाण पत्र र खेलाडीलाई सहभागी प्रमाण पत्र प्रदान गरिनेछ । रेफ्रीमा भने महिला सेलमा रहेका मात्र छनोट हुनेछन् ।
दोस्रो चरणको प्रशिक्षण कार्यक्रम डिसेम्बर १ देखि आगामी वर्षको मेमा अन्त्य हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया