फुटबल

युईएफएले समर्थकसँग माग्यो माफी

इकागज |
जेठ २१, २०७९ शनिबार १४:५३ बजे

काठमाडौँ - पेरिसमा च्याम्पियन्स लिग फाइनल खेल अघि भएको अराजकताका लागि यूईएफएले लिभरपुल र रियल म्याड्रिडका समर्थकहरुसँग माफी मागेको छ । फाइनल अघि हजारौं समर्थकहरु स्टेडियममा प्रवेश गर्न खोज्दा अश्रुग्यास, आक्रमण र उत्पीडनमा परेको समाचार एजेन्सी एपीले जनाएको छ । 

यस अघि युईएफएले नक्कली टिकटधारी समर्थकहरुका कारण लिभरपुल र रियलबीचको खेल समय भन्दा ढिलो सुरु भएको आरोप लगाएको थियो । तर उसले भने अहिले समर्थकहरुसँग भने माफी मागेको छ । 


युईएफएले माफी माग्दै कुनै पनि फुटबल समर्थक यस्तो अवस्थामा हुन नहुने तथा यस्तो कार्य भविष्यमा दोहरिन नहुने जनाएको छ । फाइनल हेर्न पुगेका समर्थक तथा बालबालिकाहरुमाथि टियर ग्यास प्रयोग गरिनुका साथै उनीहरुमाथि सुरक्षाकर्मीले आक्रमण गरेका थिए । 

लिभरपुल र रियलले आयोजकसँग घटनाको कारण माग गरेका थिए । 
 


Author

थप समाचार
x