फुटबल

एपीएफ विजयी

इकागज |
जेठ २२, २०७९ आइतबार १४:२५ बजे

मकवानपुर - हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको चौथो संस्करणअन्तर्गत एपीएफ क्लब विजयी भएको छ । आइतबार बिहान भएको खेलमा नेपाल एपीएफ फुटबल क्लबले फ्रेण्ड्स क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।

शनिबार भारी वर्षाका कारण पिप्ले–क्याम्पा रंगशालाको खेल मैदान जलमग्न भएपछि स्थगित भएको खेल आइतबार बिहान खेलाइएको थियो । एपीएफ फुटबल क्लबका प्रदीप लामा म्यान अफ द म्याच घोषित हुँदै दश हजार नगद रुपैयाँ नगद पाएका छन् ।


आइतबार दिउँसो खुमलटार युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल हुने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख नगद पुरस्कार पाउनेछ ।

३० गते सम्म जारी रहने प्रतियोगितामा विजेता टोलीले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् । प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाएका छन् । अघिल्लो बर्षको भन्दा यस बर्ष पुरस्कारर राशी बृद्धि गरिएको छ । 

अघिल्लो बर्ष विजेताले १० र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गरेका थिए । प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ । अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन हुँदा घरेलु टिम उपविजेता बनेको थियो ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाासहित ट्रफी प्रदान गरिनेछ । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडलाई बुलेट मोटरसाइकल प्रदान गरिने प्रतियोगिता संयोजक प्रताप विष्टले जानकारी दिए ।

अघिल्लो वर्षझैं यस बर्ष पनि सर्वोत्कृष्ट खेलाडीका लागि हेटौंडाको हेटौंडा स्कुल अफ म्यानेजमेण्ट एण्ड सोसियल साईन्सेज कलेजका संयोजक पुरणबहादुर जोशीले बुलेट मोटरसाइकल उपलब्ध गराउने भएका हुन् । प्रतियोगितामा एक करोड १७ लाख ९२ हजार रुपैयाँ कुल लागत लाग्ने अनुमान गरिएको आयोजकले बताएको छ ।


Author

थप समाचार
x