पोर्चुगलको जितमा रोनाल्डोको दुई गोल
काठमाडौँ- स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको दुई गोल प्रेरित पोर्चुगलले यूईएफए नेसन्स लिग समूह ए २ को खेलमा विजयी सुरुवात गरेको छ । आइतबार राति लिस्बोनस्थित घरेलु मैदानमा पोर्चुगलले स्विजरल्यान्डमाथि ४-० को सहज जित निकाल्यो ।
पोर्चुगलको जितमा स्टार फरवार्ड रोनाल्डोले दुई गोल गरे भने विलियम कार्भाल्हो र जोआओ कन्सेलोले समान एक एक गोल गरे । जितसँगै समूहमा पोर्चुगल दुई खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ । समान चार अंक भए पनि चेक रिपब्लिक दोस्रोमा छ । यता स्पेन समान खेलबाट दुई अंकसहित तेस्रो तथा स्वीटजरल्यान्ड बिनाअंक पुछारमा छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया