एसियन गेम्सः ४० महिला फुटबलर बन्द प्रशिक्षणमा
काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले चीनमा आयोजना हुने १९ औं एसियन गेम्सका लागि ४० महिला फुटबल खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ । बन्द प्रशिक्षण मंगलबारबाट सुरु हुँदैछ ।
एसियन गेम्स सेप्टेम्बर १० देखि २५ सम्म चीनमा आयोजना हुने तालिका रहेपनि कोभिडका कारण स्थगित भएको छ । एसियन गेम्स आगामी बर्ष हुने भनिएपनि नयाँ तालिका भने सार्वजनिक भएको छैन् ।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीः-
गोलरक्षक अन्जिला सुब्बा, अञ्जना राना मगर, उषा नाथ तथा कविता विक रहेका छन् ।
अन्य खेलाडीमा अमृता जैसी, गीता राना, पुनम जर्घा मगर, हिरा कुमारी भुजेल, पूजा राना, विमला विक, सृर्जना सिंह, निशा थोकर, सलोनी राना मगर, सृजना चेम्जोङ, समीक्षा घिमिरे, रेणुका नगरकोटे, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा राई, इन्दिरा राई, मञ्जली कुमारी योञ्जन, निर्मला उपाध्याय, दिपा शाही, हिमा चौधरी, बिर्सना चौधरी, सरस्वती ऐयर, सुमित्रा सिंह पाख्रिन, सावित्रा भण्डारी, अनिता केसी, सरस्वती रोकाया, निर्मला विक, सविता राना मगर, रश्मी कुमारी घिसिङ, रजनी थोकर, चन्द्र भण्डारी, अमिषा कार्की, रेखा पौडेल, कुसुम खतिवडा रहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया