जब फुटबल मैदानमा विद्युत् अवरुद्ध भयो…
काठमाडौँ – नेशन्स लिग फुटबल अन्तर्गत विद्युत् अवरुद्ध भएपछि डेनमार्क र अष्ट्रियाबीचको खेल ९० मिनेट ढिलो गरी सुरु भयो । भियानाको अर्नेस्ट हापेल स्टेडियममा स्थानीय समय अनुसार ८:४५ मा खेल सुरु हुने तालिका रहेको थियो तर ८ बजे नै विद्युत् अवरुद्ध हुन पुग्यो ।
जसका कारण खेल ९० मिनेट स्थगित हुन पुग्यो । तर विद्युत अवरुद्ध भएपछि फुटबल हेर्न गएका समर्थकहरूले भने मोबाइल फोनको टर्च बालेर रमाइलो गरे र धैर्यता अपनाएर बसे ।
खेल भने डेनमार्कले २-१ गोल अन्तरले जितेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया