फुटबल

जिदानेको प्रतिमा कतारमा पुनःस्थापना हुँदै

इकागज |
जेठ २४, २०७९ मंगलबार १५:२८ बजे

काठमाडौँ – पूर्व फ्रान्सेली फुटबल स्ट्राइकर जिनेदिन जिदानेको प्रतिमा पुनः कतारमा स्थापना गरिने भएको छ । सन् २०१३ मा जिदानेको प्रतिमा स्थापना गरिए पनि त्यसविरुद्ध आवाज उठेपछि केही दिनपछि उक्त प्रतिमा हटाइएको थियो । तर कतार संग्रहालयकी प्रमुखले उक्त प्रतिमा पुनः स्थापना गरिने जनाइन् । 

‘कूप डी टेटे’ नामाकारण गरिएको कांस्यबाट बनाइएको उक्त ५ मिटरको कांस्यको प्रतिमालाई लिएर रूढिवादी मुस्लिम देशका केही मानिसहरूले मूर्ति पूजालाई बढावा दिएको र यसले हिंसालाई प्रोत्साहन गरेको भन्दै आलोचना गरेका थिए । 


कतार संग्राहलयकी शेखा अल-मायासा अल-थानीले उक्त प्रतिमा दोहाको नयाँ खेल संग्राहमा स्थापना गरिने बताइन् । कतारले यसै वर्षको अन्त्यतिरबाट फिफा विश्वकप आयोजना गर्दैछ र त्यसअघि नै जिदानेको प्रतिमा पुनःस्थापना गर्न लागेको हो । 
 


Author

थप समाचार
x