मकवानपुर गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश
मकवानपुर - विभागीय टोली नेपाल पुलिस क्लब हेटौंडामा जारी सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा मंगलबारको खेलमा मनाङ मर्स्याङ्दीलाई १–० गोलअन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारकाे सेमिफाइनलमा स्थान पक्का गरेकाे पुगेको हो । पुलिसको जीतमा निर्णायक गोल भरत शाहले गरेको थिए । उनले खेलको ३४ औं मिनेटमा गोल गरेका थिए ।
मनाङ मर्स्याङदीले खेलको ४१ औं मिनेटमा प्राप्त पेनाल्टी गोल गर्न सकेन । पुलिसका गोलरक्षक शत्रुधन चौधरीले मनाङका कप्तान अञ्जन विष्टले गरेको प्रहार बचाएका थिए । पुलिसले फाइनल प्रवेशका लागि विजय युथ क्लब हेटौंडा र नवजनजागृति युवा क्बल सिमरावीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
पुलिसका खेलाडी हेम तामाङले खेलको अन्तिम समयमा रातो कार्ड पाएका थिए । रेफ्रिको निर्णयप्रति असहमति जनाएपछि प्रशिक्षक अनन्तराज थापा र बेञ्चमा रहेका खेलाडी हेमन्त श्रेष्ठलाई पनि दोहोरो पहेँलो कार्ड देखाउँदै मैदानबाट बाहिर निकालिएको थियो ।
प्रतियोगितामा विभागीय क्लबहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, मनाङ मर्स्याङ्दी क्लब, फ्रेण्डस् क्लब , खुमलटार युथ क्लब, सिमराकाे नव जनजागृती क्लब, सर्लाहीको बागमती युवा क्लब, विजय युथ क्लब हेटौंडा, चितवन–११, चर्च ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी रहको आयोजकले बताएको छ ।
प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाासहित ट्रफी प्राप्त गर्नेछन् । अघिल्लो बर्षको भन्दा यस बर्ष पुरस्कारर राशी बृद्धि गरिएको छ । अघिल्लो बर्ष विजेताले १० र उपविजेताले ५ लाख रुपैयाा प्राप्त गरेका थिए । प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान आयाेजकले गरेकाे छ । अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन हुँदा घरेलु टिम उपविजेता बनेको थियो ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाासहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडलाई बुलेट मोटरसाइकल प्रदान गरिने प्रतियोगिता संयोजक प्रताप विष्टले जानकारी दिए ।
अघिल्लो बर्षझैं यस बर्ष पनि सर्वोत्कृष्ट खेलाडीका लागि हेटौंडाको हेटौंडा स्कुल अफ म्यानेजमेण्ट एण्ड सोसियल साईन्सेज कलेजका संयोजक पुरणबहादुर जोशीले बुलेट मोटरसाइकल उपलब्ध गराउने भएका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया