डेनमार्कको पोस्टमा क्रोयसियाको १ गोल
काठमाडौँ- क्रोयसियाले डेनमार्कलाई पराजित गरेको छ । यूइएफए नेसन्स लिग फुटबलअन्तर्गत शुक्रबार राति भएको खेलमा क्रोयसियाले डेनमार्कलाई १–० अन्तरले पराजित गरेको हो ।
प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा क्रोयसियाको लागि मारियो पासालिकले खेलको ६९औं मिनेटमा गोल गरे ।
यस खेलसँगै समूह ए १ मा पराजित डेनमार्क ३ खेलबाट ६ अंक जोड्दै शीर्षस्थानमा छ । समान खेलबाट समान ४ अंक भए पनि अष्ट्रिया दोस्रो र तेस्रो स्थानमा छ । यस्तै २ अंक बनाएको फ्रान्स पुछारमा छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया