हङकङ ५४ वर्षपछि एसियन कपमा छनोट, भारतको पनि स्थान सुरक्षित
तस्बिरः हङकङ फुटबल एसोसियसन
काठमाडौँ – हङकङ ५४ वर्षपछि पहिलोपटक एएफसी एसियन कप फुटबल प्रतियोगिताको लागि छनोट भएको छ । एएफसी एसियन कपको तेस्रो चरणको छनोट अन्तर्गत समूह ‘बी’ अन्तर्गत प्यालेस्टाइनले फिलिपिन्सलाई पराजित गरेपछि समूह ‘डी’ बाट हङकङ मूख्य प्रतियोगिताको लागि छनोट भएको हो ।
हङकङ एक खेल अगावै एसियन कपका लागि छनोट भएको हो । हङकङले अब भारतविरुद्ध खेल्ने तालिका छ । यता प्यालेस्टाइन र फिलिपिन्सबीचको नतिजासँगै भारतपनि एसियन कपका लागि छनोट भएको छ ।
समूह ‘डी’ अन्तर्गत हङकङ र भारत दुवैले समान दुई-दुई खेलमा जित हात पारेका छन् । छनोट अन्तर्गत समूह चरणमा हङकङ र भारत कम्तिमा पनि उत्कृष्ट पाँच उपविजेतामध्ये पर्ने भएपछि दुवै टिम एसियन कपका लागि छनोट भएका हुन्।
यसअघि हङकङले सन् १९६८ मा एसियन कपमा छनोट भएको थियो । यता भारत भने लगातार दोस्रो पटक एसियन कपमा छनोट भएको हो । यसअघि सन् २०१९ मा पनि भारतले एसियन कप खेलेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया